श्रीमानको अबैध सम्बन्ध थाहा पाइन् श्रीमतीले, १५ दिन पनि पाइनन् बाँच्न

२९ कार्तिक २०७४

banner

श्रीमानको आफ्नै नाता पर्ने अर्की युवतीसँग अबैध सम्बन्ध भएको श्रीमतीले थाहा पाइन् । श्रीमतीले आफ्नो अबैध सम्बन्धबारे थाहा पाएको श्रीमानलाई जानकारी भएपछि उनले श्रीमतीलाई पंखामा झुण्ड्याएर हत्या गरिदिएका छन् । ती महिला माइतीबाट १५ दिन पहिले मात्रै घर आएको बताइएको छ ।

ती महिलाको ७ महिना पहिले विवाह भएको बताइएको छ । भारतको बिहार राज्यको आरा जिल्लाकी २० वर्षीया ती युवतीको शव आइतबार बिहान घरको भुइँतल्लामा झुण्डिएको अवस्थामा भेटिएको थियो । घटनामा मृतक युवतीका श्रीमान् सासुससुरासहित घरमा ५ जनाविरुद्ध हत्या र घरेलु हिंसाको मुद्दा दर्ता गराइएको छ । यहाँको ईश्वरपुरा गाउँका रेलकर्मी मनोज कुमार महतोसँग विवाह गरेकी पुजा नामकी युवतीको हत्या भएको हो । 

२९ अप्रिल २०१७ मा यी दुईको विवाह भएको थियो । विवाहलगत्तै माइतीमै बस्दै आएकी ती युवती १५ दिन पहिले मात्र घर आएकी थिइन् । उनका श्रीमान्को आफ्नै नाता पर्ने अर्की युवतीसँग अबैध सम्बन्ध थियो । यो सम्बन्धको बारेमा पूजाले थाहा पाएपछि त्यसको विरोध गरिन् । यही विरोधका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »