एउटी आमाः जसले आफ्ना पाँच भाइ छोरालाई गुमाइन्

२९ कार्तिक २०७४

banner

बीबीसी। यस्ती आमा जसको पीडाको अन्दाज पनि लगाउन सकिँदैन, जसले एक युद्धका क्रममा आफ्ना पाँच छोरा गुमाएकी छन्।
बेलायतको लिंकनशर काउन्टीकी एमी बीची यस्ती एउटी आमा थिइन्, जसले आफ्ना आठ छोरामध्ये पाँच जनालाई पहिलो विश्वयुद्धमा गुमाएकी थिइन्।

युद्ध सुरु हुनु अगाडिसम्म एमीको सबै परिवार राम्रोसँग चलेको थियो। आठ छोरा र ६ वटी छोरीकी आमा एमीका सबै छोराले युद्धमा भाग लिए। पाँच छोराको मृत्यु भयो भने एकजनासँग कहिल्यै भेट भएन। एमी आफ्ना यत्रा सन्तान गुमाउन तयार थिइनन्।

१९१८ को अप्रिल महिनामा राजा जर्ज पाँचौं र रानी मेरीले एमीलाई उनका छोराले दिएको बलिदानकालागि धन्यवाद दिदाँ एमीले भनेकी थिइन्, ‘ यो कुनै त्याग थिएन म्याडम! मैले मेरा छोरालाई आफ्नो इच्छाले युद्धमा पठाएकी थिइन।’

त्यो चिठ्ठी, जसले गर्दा अमेरिका विश्वयुद्धकालागि बाध्य भयो
 

युद्ध सुरु हुने समय एमीको परिवार लिंकनशर छोडेर लिंकन सहरको एवनडेल इलाकामा गइसकेको थियो। हुलाकीको आवाज आउने वित्तिकै एमी शुभसमाचार सुन्न पाइयोस् भनेर प्रार्थना गर्थिन्। उनलाई यही कुराको डर हुन्थ्यो कतै हुलाकीले दुखद खबर नसुनाओस्।

उनका छोराको शहादतको सम्मान गर्न युरोप, पूर्वी अफ्रिका र अष्ट्रेलियामा क्रस लगाइँदै छ। जसलाई चर्चित लिंकन लाइमस्टोनको ढुंगाबाट बनाइएको हो।

एमीको सातौं छोरा ह्यारोल्ड आफ्ना भाइ क्रिससँग रोजगारीको खोजीमा अष्ट्रेलिया गएका थिए।  खरेडीका कारण उब्जाउ नभएपछि ह्यारोल्ड अष्ट्रेलिया र न्युजिल्याण्डको सेनामा भर्ना भए।

उनले १९१५  मा गलीपोलीमा लडाइँ पनि लडे। युद्धका क्रममा झाडा पखाला भएपछि १९१६ मा उनलाई इजिप्ट र त्यसपछि फ्रान्स पठाइयो।
सोही वर्ष अगस्टमा उनले दक्षिणी फ्रन्टबाट परिवारलाई पत्र लेखे, ‘मेरो भाग्य बलियो थियो, त्यही भएर गोली मुटुमा लागेन, बायाँ छातिबाट बाहिर निस्कियो।’

केही महिनापछि ह्यारोल्ड फेरि फ्रान्समा थिए, जहाँको जाडोलाई उनले अर्को पत्रमा निकै मुश्किल भएको उल्लेख गरे। युद्धमा फर्किन फेरि भाग्यले साथ दिएन र अप्रिल १९१७ मा  गोली लागेर उनको मृत्यु भयो। ह्यारेल्डको सम्झानामा बनाइएको क्रस अष्ट्रेलियाको पर्थमा एंग्लिकन  क्याथेड्रल चर्चामा लगाइएको छ।

प्रकृतिसँग माया गर्ने चाल्र्स
 

चाल्र्स एमका दोस्रो छोरा हुन्। परिवारमा उनलाई माया गरेर चार नामबाट बोलाइन्थ्यो। चाल्र्स स्कुलमा पढाउँथे। तर युद्ध सुरु भएपछि उनीपनि युद्धमा सहभागी बने। १९१६ मा फ्रान्समा युद्ध लगेका चाल्र्सलाई मृगौलाको रोगले अस्पताल पुर्यायो।

अस्पतालमा आफ्ना दुई भाइको निधन भएको समाचार सुनेपछि चाल्र्सले निकै भावुक पत्र आमालाई पठाए। ‘मलाइ लाग्दैन कुनै पनि परिवारले देशकालागि हामीले भन्दा धेरै बलिदानी गरेका छौं,’ पत्रमा चाल्र्सले लेखेका थिए।

केही हप्ताको अस्पताल बसाइपछि चाल्र्सलाई पूर्वी अफ्रिकाको तान्जानिया पठाइयो। जहाँ जर्मनसँग जबर्जस्ती युद्ध भइरहेको थियो।
चाल्र्सलाई अफ्रिकाको सुन्दरता धेरै मन पर्यो। सेक्टेम्बर १९१७ मा चाल्र्सले लेखेको एक पत्रमा ‘यहाँका पुतली धेरै लोभलाग्दा र फरक फरक छन्। म आउने समयमा केही पुतली ल्याउन सकूँ,’ उल्लेख गरेका थिए।

पहिलो पत्र पाएको एक महिना पनि भएको थिएन, एमीले अर्को पत्र पाइन्, जहाँ लेखिएको थियो,‘ चाल्र्सको शरीरमा गोली लागेको छ, र उनको बच्ने सम्भावना निकै कम छ।’ केही दिनपछि ३९ वर्षीय चाल्र्सको निधन भयो। उनको क्रस तान्जानियाको दार–ए–सलाममा लगाइयो।
 

क्रिकेट खेल्ने फ्रैंक

फ्रैंक आफ्ना बहिनीको प्यारा थिए। मोटरसाइकसँग लगाव भएका फ्रैंक लिंकनशरकालागि क्रिकेट खेल्थे। पेशाले शिक्षक फ्रैंक १९१४ मा सेनामा भर्ना भए र उनलार्य मे १९१६ मा युद्धको मोर्चामा पठाइयो।

नोभेम्बरको हुस्सुले भरिएको एक विहान फ्रैंक अफिसबाट आएको एक जरुरी सन्देश जवानसम्म पुर्याउन जाँदै थिए, त्यतिबेला उनी दुवै खुट्टामा गोली लागी घाइते भए। उनको भोलिपल्ट निधन भयो। उनको क्रस फ्रान्समा भयो।
 

सबैभन्दा कान्छा छोरा बर्नार्ड

गणितसँग मोह भउका बर्नार्ड पनि पढाउँथे। फ्रान्समा युद्ध लडिरहेको सार्जेन्ट बीची  सबैभाइ मध्ये धेरै पत्र लेख्थे। सेक्टेम्बर १९१५ मा उनले एमीलाई लेखेको पत्रमा ‘म तीन दिनदेखि ट्रेन्चमा थिएँ। धेरैजसो समय पानी परिरहन्छ। निकै रमाइलो अनुभव भइरहेको छ। केही भइरहेको छैन भने ट्रेन्चमा बस्नु कुनै खचरा होइन।’ छोराको यस्तो पत्र देखेपछि परिवारका सदस्यले सन्तोषको शास फेरिरहेका थिए, त्यतिनै बेला बर्नार्डको निधन भएको समाचार आइपुग्यो। उनी लूसको लडाइँमा सहिद भए।

एमीले प्राप्त गरेको यो पहिलो शोक सन्देश थियो। बर्नार्ड बढ्दै गर्दा उनले सोचेकी पनि थिइनन् की आफूले यस्तो समाचार बारम्बार सुन्नुपर्छ। बर्नार्डको चिहानका विषयमा कुनै जानकारी छैन। त्यही कारण उनको क्रस फ्रान्समा गाडिएका अर्का लिंकनशरको जवानको चिहानमा लगाइएको छ।

रेलवेमा काम गर्ने लेनर्ड
 

नर्ड बीची  परिवारका सबैभन्दा धेरै पढ्ने बच्चा मध्येका थिए। जो कहिल्यै कुनै झगडामा फसेनन्।
युद्ध सुरु हुने बेलामा लेनर्ड लन्डनको यूस्टन रेलवे स्टेशनमा क्लर्कको काम गर्थे। १९१६ मा ३५ वर्षका लेनर्ड लन्डनको आइरिश राइफल्समा सहभागी भएका थिए।

त्यही वर्ष क्रिशमशमा उनलाई फ्रान्स पठाइयो। १९१७ मा  पठाएका सबै पत्रमा लेनर्ड आफ्ना दाजु भाइको हाल खबर सोधिरहन्थे। चाल्र्सको मृत्युको खबर सुनेपछि उनले लेखेको पत्रमा ‘विश्वास गर्न सकिरहेको छैन, की चाल्र्सले हामीलाई छोडेर गयो। यस्तो खबर हरेक पहिलो खबर भन्दा निकै मुश्किल लाग्छ, के गर्नु म तपाइँलाई देख्न सकिन।’

तर लेनर्डको यो सपना कहिल्यै पूरा भएन। केही दिनपछि फ्रान्सको रुआनमा विषालु ग्यासबाट उनको मृत्यु भयो। लेनर्डले अन्तिम अवस्थामा पनि एउटा पत्र लेखे जसमा लडखराएको पत्रमा उनीमाथि ग्यासको असर स्पष्ट देखिन्थ्यो। राइफलम्यान लेनर्ड बीचीको क्रस त्यहीको एक सिमेट्रीमा लगाइएको छ।

एमीका सबैभन्दा सानो छोरा स्याम युद्धको अन्तिम समयमा लड्न गएका थिए। उनलाई पनि फ्रान्स पठाइयो। पहिला नै पाँच छोरा गुमाएकी एमीलाई यो निकै ठूलो चिन्ताको विषय थियो। तर भाग्यले स्याम सकुशल घर आए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »