झ्यानाकुटीले ल्याएको फोटो कन्टेस्टमा कलाकारको आकर्षण बढ्यो

२९ कार्तिक २०७४

banner

काठमाडौँ । आउदो शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ’झ्यानाकुटी’ ले ल्याएको फोटो कन्टेस्टमा कलाकारको पनि आकर्षण बढेको छ।

चलचित्र युनिटले प्रिती चाउचाउसँगको सहकार्यमा 'झ्यानाकुटी फोटो कन्टेस्ट' अगाडी ल्याएपछि त्यसमा प्रियंका कार्कीदेखि निता ढंगासम्मका सहकर्मी बोकेको तस्वीरले सामाजिक सञ्जालमा चर्चा पाएका छन्। 


 
कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा #Nov17, #Jhyanakuti  मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ। त्यहाँ अपलोड गरिएका तस्वीर मध्य सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि पाउने छन्। 

'यतिको साथ् पाइन्छ भन्ने सोचेकी थिइन् तर दर्शकको चासोसंगै सहकर्मीले साथ् दिदा निकै खुसि लाग्दो रहेछ’ फिल्म मार्फत निर्माणमा डेब्यु गर्न लागेकी निशा अधिकारी भन्छिन' फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्छ , ढुक्क हुनुस।' चलचित्रमा निशासंगै सिमोश सुनुवारको पनि लगानी रहेको छ भने सिमोश नै चलचित्रका निर्देशक हुन्। प्रदीप भारद्वाजको कथा रहेको चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, एस्टल गुरुङ लगायतको अभिनय रहेको छ। 


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »