फेरी एक अर्को प्रण- कृष्ण रिमाल

४ मङ्सिर २०७४

गज़ल (फेरी एक अर्को प्रण)

जीबन काँडा हो तर म फुल झैँ फुल्दैछु!
अनन्त यात्राको यात्री निरन्तर डुल्दैछु!

फेरी एकअर्को प्रण बोकेर अगाडीबढें आज,
नयाँपनको आभाससंगै आफैमा खुल्दैछु!

ज्वार भाटाहरुले छुनसक्दैन मलाइअब,
सुनौलो बिहानीको प्रहर संगै झुल्दैछु!

भाग्यका छालहरुले उछिट्याइएकोम,
बिराना पराइहरु संग पनि घुल्दैछु!

तितो अतित अनि भविष्यको सुर्ता छैन,
मिठो बर्तमान बोकी बाकि सब भुल्दैछु!

कृष्ण रिमाल (२०.११.२०१७)

Leave a reply

HTML Tags are not supported

Post My Comment »