यात्रुबाहक जिप सडकबाट एक सय मिटर तल खस्यो, ७ जनाको मृत्यु 

९ मङ्सिर २०७४

banner

रुकुम । रुकुमकोटबाट मुसीकोट जाँदै गरेको जिप मध्यपहाडी लोकमार्गबाट झण्डै एक सय मिटर तल खसेको छ। दुर्घटनामा ७ जनाको ज्यान गएको छ केही घाइते भएका छन्। 

रुकुमकोटबाट मुसीकोट जाँदै गरेको ग १ ज ४२६० नम्बरको जीप मुसीकोट नगरपालिकाको वडा नं ६ साँखमा शुक्रबार बेलुकी दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा ज्यान गुमाउनेमा मुसीकोट नगरपालिका वडा नं १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, मुसीकोट नगरपालिका वडा नं ४ की सुरेखा शाह, त्रिवेणी गाँउपालिका वडा नं १ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी ईन्सपेक्टर नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी ईन्सपेक्टर अनिता प्रधान रहेका छन्। सुदन श्रेष्ठ र शेरबहादुर श्रेष्ठ बाबुछोरा हुन्।

दुर्घटनामा दाङका टेकबहादुर खत्री, चालक प्रेम थापा र सहचालक बाँफिकोटका प्रेम केसी घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »