किसानका १९ वर्षे छोराको चमत्कार, बनाए बिना ड्राइभर चल्ने ट्याक्टर

९ मङ्सिर २०७४

banner

१९ वर्षीय एक युवकले ट्राइभर बिनानै चल्ने ट्याक्टरको आविष्कार गरेका छन्। सानै उमेरमा उनको आविष्कार देखेर वैज्ञानिक समेत चकित बनेका छन्। 

उनले आफ्नो एक्लो प्रयासमा उक्त आविष्कार गरेका हुन्। उनले अहिलेसम्म २७ भन्दा बढी विभिन्न किसिमका आविष्कार गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतको राजस्थानस्थित बारा जिल्लाका ती युवक सामान्य किसान परिवारका सन्तान हुन्। 

योगेश नागर नाम गरेका ती व्यक्तिका परिवारले १५ बिघा जमिनमा खेती गरेर परिवार पाल्दै आएको छ। योगेशका अनुसार उनको घरमा खेति गर्नका लागि एउटा ट्याक्टर समेत छ। ट्याक्टर चलाउदा चलाउदा उनका बाबु पेटको रोगी छन्। आफ्ना बाबुको पीडा देखेर दुखी भएका योगेशले बाबुको सहयोगका लागि उक्त ट्याक्टरको आविष्कार गरेका हुन्। 

उनले आविष्कार गरेको ट्याक्टरमा उनले एक रिमोट अपरेट सिस्टम डेभलप गरेका छन्। उक्त ट्याक्टरलाई चलाउन एउटा खेतको कुनामा बसेर डिमोट थिच्यो भने ट्याक्टर आफै चल्न सक्छ। उक्त ट्याक्टर चलाउन ड्राइभर चाहिदैन्।      
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »