४ फोटोमा हेर्नुहोस् बाबुराम भट्टराईको मतदान पोज

१० मङ्सिर २०७४

banner

काठमाडौं। नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका - १ को अन्नपूर्ण मा.वि. खोप्लाङ केन्द्रमा मतदान गरेका छन् ।

डा भट्टराईले विहान ९:२५ बजे मतदान गरेका हुन् । डा. भट्टराई अन्य मतदाता झैँ लाइनमै बसेर मतदान कार्यमा सहभागी भएका थिए । गोरखाको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका डा.भट्टराईलाई कांग्रेस, राप्रपा लगायतका दलहरुको समर्थन प्राप्त रहेको छ । उनको प्रतिष्पर्धामा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा रहेका छन् । बाबुरामको मतदान गर्दै गर्दाको फोटो उनका स्वकीय सचिव विश्वदीप पाण्डेले ट्विटरमा राखेका हुन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »