प्रहरीमाथि गोली प्रहार, दुई प्रहरी घाइते

१० मङ्सिर २०७४

banner

सिराहा । सिरहाको कल्याणपुर नगरपालिकामा कार्यरत दुई प्रहरी गोली लागरे घाइते भएका छन् ।

कल्याणपुर नगरपालिका–५ स्थित निर्धना घाटमा मोटरसाइकलमा आएका अपरिचित २ जनाले गोली प्रहार गर्दा अस्थाई प्रहरी चौकी चिकनामा कार्यरत प्रहरी जवान मायाराम यादव र सोही चौकीमा कार्यरत चन्द्रअयोध्यापुर–७ का म्यादी प्रहरी आर्दश कुँवर आइतबार गोली लागेर घाइते भएका हुन् ।

उनीहरुलाई उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं रिफर गरिएको सिरहा प्रहरीले जानकारी गराएको छ ।

उक्त चौकीबाट प्रहरी जवान मायाराम यादवको कमाण्डमा ६ जना म्यादी प्रहरी सहित गस्तीमा खटिएको अवस्थामा गोली प्रहार भएको हो ।
 प्रहरीमाथि गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »