मोटरसाइकलमा सवार दुई युवकको छेनभरमै गयो ज्यान 

११ मङ्सिर २०७४

banner

कपिलवस्तु । गएराति कपिलवस्तुमा ट्रकले ठक्कर दिँदा घटनास्थलमै दुई जनाको ज्यान गएको छ। 

बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु१६प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »