फोटोमा हेर्नुहोस् तारा एयरको दुर्घटनाग्रस्त विमानको हाल

१२ मङ्सिर २०७४

banner

हुम्ला । हुम्लाबाट सुर्खेतका लागि उडान भर्ने क्रममा तारा एयरको विमान दुर्घटना हुँदा केही यात्रुसहित जहाजका चालक घाइते भएका छन्। 

मंगलबार बिहान तारा एयरको 9N-ABM कलसाइन रहेको ट्वीनेटर विमान हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा जहाज दुर्घटना भएको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले जानकारी दिए। 

उनका अनुसार टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो। जहाजमा चुनावमा सुरक्षाका लागि गएका १३ जनपद प्रहरी र चालक दलका ३ जना गरी १६ जना सवार थिए। जहाजमा सवार मध्ये ५ जना घाइते भएका छन्। घाइते हुनेमा चालक बसन्त लामा र सहचालक अनुप गुरूङ, परिचालिका प्रीया श्रेष्ठसहित २ सुरक्षा कर्मी रहेका छन्।  घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ। विमानको अगाडिको भागमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »