ट्रकसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुलीमा खस्यो : ६ को मृत्यु, १० घाइते

१३ मङ्सिर २०७४

banner

काठमाडौँ । काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ। 

काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस चितवनको चूम्लिङटारमा ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले ६ जनाको शव बाहिरी निकालेको छ भने १० जना घाइतेको उद्धार गरेको हो। मृत्यु हुनेको सनाखत हुन सकेको छैन्। बममा करीब ४० जना यात्रु रहेको आशंका गरिएको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसा अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »