सड्क दुर्घटनामा आठको मृत्यु, २२ घाइते

१३ मङ्सिर २०७४

banner

चितवन ।  ईच्छाकामना गाउँपालिका–३ फिस्लिङमा आज भएको सवारी दुर्घटना ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।

काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु.२ ख २९१ नम्बर यात्रुबाहक बस ओभरटेक गर्ने क्रममा ना.६ ख ४९७२ नम्बरको ट्रकसँग ठोक्किन गई त्रिशुली नदीमा खसेर दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको जानकारी प्रहरीले गराएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।

बसमा सवार ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको थियो भने ४३ वर्षीय लक्ष्मी पौडेलको उपचारको क्रममा काठमौंस्थित बिएण्डबी अस्पतालमा भएको थियोा ।

 बस चालक कपिलबस्तुको भृकुटी नगरपालिका–९ बस्ने ४० वर्षीय थमबहादुर क्षेत्री लगायत ९ जना पुरानो मेडिकल कलेज भरतपुरमा, ५ जना नर्भिक अस्पताल काठमाडौं र ३ जनाको बिएण्डबि अस्पताल काठमाडैंमा उपचार भैरहेको छ ।

 अन्य ५ जनालाई समेत उपचारको लागि काठमाडौंतर्फ लगिएको छ प्रहरीले बताएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथै खटि गएको प्रहरीले उद्धार कार्य गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »