मैले भोगेको जिन्दगी- कृष्ण रिमाल

१३ मङ्सिर २०७४

                         गज़ल

 
मैलेभोगेको जिन्दगि तिम्रोभन्दा अलि  फरक हुनसक्छ!
छातिमा हात राखी हेर त मुटुको ठाउमा बरफ हुनसक्छ!

 कथा ब्यथा आफ्नो आफ्नो मरी लानु के छ हजुर,
राम्ररी जिउन नजाने जिबन जिउदै नरक हुनसक्छ!

अलि कति तिमि जिउनु हजुर म नि जिउछु अलिकति,
जिबन गाथा लेख्न म बसुँ त नटुङ्गिले हरफ हुनसक्छ!

कति जल्छौ आरिशले हजुर कहिलेकाँही त भलो सोच,
अरुको खुट्टातान्दा नोक्सानी आफ्नो तरफ हुनसक्छ!

तिमि गर्छौ बयान केवल आफ्नो अनि भौतिकताको,
मेरा हरेक कार्य नियाली हेर यथार्थ परक हुनसक्छ! 

Leave a reply

HTML Tags are not supported

Post My Comment »