निर्वाचनपछि राजनीतिक स्थायित्व आउने राष्ट्रपतिको विश्वास 

१४ मङ्सिर २०७४

banner

काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक समृद्धिका लागि मिलेर अघि बढन पनि सम्वद्ध सबै पक्षलाई आह्वान गरिन् । 

विहिबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उदघाटन गर्दै उनले संवैधानिक व्यवस्था अनुसार मुलुकलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने दायित्वसम्वद्ध सबै पक्षको भएको पनि स्पष्ट पारिन् । राष्ट्रपति भण्डारीले व्यापारमार्फत् मुलुकलाई समृद्ध बनाउने अभियानमा नेपालका व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराइन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »