वन पैदावरसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सुरु

१४ मङ्सिर २०७४

banner

काठमाडौँ। बिहीबारबाट काठमाडौँमा वन पैदावरसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ।

एशीयाली राष्ट्रहरुमा वन पैदावरको दिगो व्यवस्थापन गर्ने रणनीति तय गर्न नेपालमा वन पैदावरसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सुरु भएको हो। विभिन्न देशका गरी ३ सयभन्दा बढि विज्ञहरु सहभागी भएको सम्मेलनमा सय वटा भन्दाबढि वन पैदावरको दिगो व्यवस्थापन सम्बन्धि विविध विषयमा छलफल हुने वन विज्ञ शिवचन्द्र ढकालले जानकारी दिए। सम्मेलनमा नेपालको जडिबुटी र र यसको अन्तराष्ट्रिय व्यापारका विविधि विषयमा छलफल हुनेछ।

नेपाली जडिबुटीको विश्व बजारमा ठूलो माग रहँदै आएको छ। यसको बजार व्यवस्थापनका विषयमा पनि छलफल गर्न सम्मेलन आयोजना गरिएको वन तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ। सम्मेलनमा चीन, भारत, डेनमार्क, पाकिस्तान, भुटान, बंगलादेशसहित एशीयाली राष्ट्रका वन विज्ञहरुको सहभागिता रहेको छ।

२ दिनसम्म चल्ने सम्मेलनमा नेपालका जडिबुटीलाई अन्तराष्ट्रिय बजारमा प्रवेश गराउन हुने प्राविधिक तथा नीतिगत कठिनाईका विषयमा पनि छलफल हुने बताइएको छ। नेपालको जडिबुटी भारत र चीनमा सबैभन्दा बढि विक्रीवितरण हुँदै आएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »