युक्रेन लाने लोभ देखाएर नेपाली युवाहरुलाई थाईल्याण्डमा अलपत्र पार्ने लामा पक्राउ

१४ मङ्सिर २०७४

banner

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी शंकर लामालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी मुद्धाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ५४ वर्षीय  शंकर लामालाई काठमाडौं नक्सालबाट बुधबार प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगी मुद्धामा १ बर्ष ६ महिना कैद र १ लाख ५० हजार रु

प्रतिवादी लामा समेतले लम्जुङको आरीकोशी बस्ने यज्ञप्रसाद घिसिङ समेत १० जनालाई वैदेशिक रोजगारीको लागि युक्रेन लगिदिन्छौं भन्दै २०६५ बैशाख २५ गते जनही ६ लाख रुपैयाँ लिई थाईल्याण्डसम्म पु¥याई अलपत्र छोडीदिएका दिए ।

लामालाई फैसला कार्यान्वयनको लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको ब्यूरोले जनाएको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »