पूर्वमन्त्रीमाथि टर्च देखाउँदै गोली प्रहार, मुस्किलले बचे यादव

१५ मङ्सिर २०७४

banner

सिराहा। पूर्वमन्त्री राजलाल यादवमाथि गोली प्रहार भएको छ । संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यादवलाई घरदैलो सकेर फर्कदै गर्दा गोली प्रहार गरिएको हो । 
लहानबाट घरदैलो सकी राति ७ बजे भगवतीपुर हुँदै आफ्नो गाउँ नहरा जाँदै गरेको अवस्थामा भगवतीपुर गाउँको सरेहमा दुई राउन्ड गोली हानेको यादवले जनाएका छन् । गोली प्रहारबाट पूर्वमन्त्री यादव मुस्किलले बचेका छन् । गाडी तीब्र गतिमा भएकोले गोली प्रकार गर्नेको निशाना चुकेको बताइएको छ । गोली गाडीको पछाडिको बायाँपट्टीको झ्यालमा लागेर सिसा फुटेको छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »