सगुनमा लगानी गर्ने म्याद ७२ घण्टा थप

१५ मङ्सिर २०७४

banner

अमेरिका । सगुनले दोश्रो चरणको शेयर बिक्री म्याद ७२ घण्टाका लागि थप गरेको छ । अमेरिकाको न्यूयोर्क समयअनुसार नोभेम्बर ३० तारिख मध्यरातमा सकिने समय सिमा तोकिए पनि विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरुको चाप बढेको र बिभिन्न देशहरुमा बैक ट्रान्सफरमा देखिएको समस्याका कारण शेयर खरिदको समय ७२ घण्टा थप गरिएको सगुनले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । अव न्यूयोर्क समय अनुसार डिसेम्बर ३ तारिकको मध्यरातसम्म लगानी खुल्ला रहने छ ।

सगुनमा शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुटेको विज्ञप्तिमा छ । ‘लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रकृयामा आएका छन्,’  विज्ञप्तिमा उल्लेख छ– ‘अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन, केही देशहरुमा वायर ट्रान्सफरमा देखिएको समस्या र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएका कारण हाल खुल्ला रहेको शेयर बिक्री अवधीलाई ७२ घण्टाका लागि थप गरिएको जानकारी गराउन चाहन्छौं ।’

सगुनले अमेरिकी कानुन जब्स एक्ट २०१२ अन्तर्गत दोस्रो चरण अन्तर्गत मिनी आइपिओ जारी गरेको हो ।

हाल थप गरिएको यो ७२ घण्टाको समय भित्र इच्छुक लगानीकर्ताहरुले www.sagoon.com/invest मा गएर लगानी गर्न सक्नेछन् ।

सगुनको विज्ञप्तिः

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »