खेतमा परालले ढाकेर छोडियो श्रीमानको लाश, श्रीमतीको गाईफार्ममा फालियो, विभत्स थियो घटनास्थल

१६ मङ्सिर २०७४

banner

बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा शनिबार बिहानै १ जोडीको लाश भेटियो । यहाँ गाई फार्म सञ्चालन गरेर बस्ने दम्पतीको हत्या गरिएको हो । 

सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो । आज बिहान प्रहरीले सुवेदी दम्पत्तिको शव फेला पारेको हो । 

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दीपकको शव फार्म नजिकैको खेतमा परालले ढाकेर फालिएको थियो । श्रीमती दीपिकाको शव फार्मभित्र फेला परेको हो । घटनास्थलमा हतौडा, छड र बाँसको चिरपट फेला परेको छ । गएराति नै सुवेदी दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »