फोरम नेपालका कार्यकर्ता चढेको जिप सडकबाट खोलामा खस्यो 

१७ मङ्सिर २०७४

banner

रौतहट । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप गएराति खोलामा खस्दा खसेको छ। 

बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जिप भकुवा खोलामा खस्दा चालक भारतको विहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो। उक्त घटनामा सातजना घाइते भएका छन्। 

घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी उपरीक्षक विनोद पोखरेलले जानकारी दिए। रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा कार्यकर्ता चढेको उक्त जिप दुर्घटनामा परेको हो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »