हिममानव होइन हिमालमा पाइने ‘यति’, बैज्ञानिकले गरे सनसनीपूर्ण खुलासा

१७ मङ्सिर २०७४

banner

एजेन्सी। नेपाल, भारत, चीन, पाकिस्तान लगायतका एसियाली देशका हिमालहरुमा पाइने यति भनिने प्राणीलाई हामीले हिममानव सम्झिन्छौं । तर बैज्ञानिकहरुले यतिको विषयमा निकै सनसनीपूर्ण खुलासा गरेका छन् । यो प्राणी हिममानव नभइ एक प्रकारको भालु भएको बैज्ञानिकहरुले खुलासा गरेका छन् । 

बैज्ञानिकहरुका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भेटिने यो प्राणी भालुको एशियन ब्ल्याक, तिब्बी ब्राउन वा हिमालयन ब्राउनमध्ये एक प्रजातिको हो । यो अध्ययनमा लागेका बैज्ञानिक तथा युनिभर्सिटी अफ बफेलो कलेज अफ आर्टस एण्ड साइन्सका प्रोफेसर कार्लोट लिंक्लिस्टका अनुसार जुन प्राणीलाई यति वा हिममानव भनिन्छ यसको हड्डी, दाँत, छाला जस्ता कुराहरुको जेनेटिक प्रमाणहरुको अनुसन्धान गर्दा यो भाले भएको पुष्टि हुन्छ । 

के भद्रगोलका जिग्री र रक्षा साच्चै प्रेममा छन् ? (भिडियो)

 

यी हुन् देहव्यापारमा संलग्न भएका भारतीय नायिका (भिडियो रिपोर्ट)

 

यो अध्ययनका लागि संसारभरका संग्रहालय र निजी संग्रहमा राखिएका यतिका कुराहरुको जाँच गरिएको थियो । बैज्ञानिकहरुका अनुसार हिमालयको उचाइमा बस्ने भालु समयसँगै बदलिँदै गए । उच्च क्षेत्रमा बस्दा उनीहरुलाई खानाको खोजीमा लामो दुरी पार गर्नु पथ्र्यो । यही कारण उनीहरु चार खुट्टाको सट्टा २ खुट्टाले उभिन थाले । दुई खुट्टाले उभिएका कारण मानिसहरुले यिनीहरुलाई हिममानव सम्झिए । प्रोफेसर कार्लोटका अनुसार यो अहिलेसम्म गरिएका अध्ययनमध्ये सबैभन्दा गहन अध्ययन हो । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »