दुबइ जानेहरुले जान्नैपर्ने १० कुरा, नजान्दा फस्नुहोला संकटमा

१७ मङ्सिर २०७४

banner

एजेन्सी। संयुक्त अरब इमिरेट्नले हिजो डिसेम्बर २ तारिखका दिन आफ्नो राष्ट्रिय दिवस मनाएको छ । यो देश १९७२ मा ७ राज्य एक भएर स्थापना भएको थियो । सातवटा इमिरेट (शेख शासित राज्य) अबुधाबी, दुबइ, शारजहाँ, रस अल खैमा, अजमन, उम्म अल कैवैन र फुजैरह मिलेर यो देश बनेको हो । यीमध्ये संसारमै सुन्दर मानिएको शहर दुबइमा लाखौं नेपालीहरु कामको सिलसिलामा जान्छन् । तर यहाँ जानेहरुले यहाँको नियम कानुनबारे नजान्दा निकै समस्यामा फस्ने गरेका पनि छन् । आउनुहोस् यस्ता १० कुरा जानीराखौं जो दुबइ जानेहरुलाई थाहा हुनै पर्छ । 
१. यहाँ औषधी किन्नको लागि डाक्टरको प्रेस्क्रिप्सन अनिवार्य चाहिन्छ । बिना पर्ची औषधी किनेमा वा डाक्टरको पर्चीबिना कसैको साथमा औषधी भेटिएका जेल सजायसम्म हुन्छ । 
२. यहाँ कामको बेला प्रेमसम्बन्ध पनि गैरकानुनी हो । यस्तो पाइएमा आजीवन जेलदेखि मृत्युदण्डसम्म हुन सक्छ । 
३. यहाँ ड्राइभरको जागिर पाउन निकै सजिलो छ किनकि यहाँ ९० प्रतिशत धनाढ्यहरु छन् । तर, ड्राइभरको जागिर गर्न चाहिँ निकै गाह्रो किनकि सामान्य ट्राफिक नियम मिच्दा पनि यहाँ गम्भीर सजाय हुन्छ । 
४. यहाँ घरेलु कामदारलाई कुनै पनि अधिकार छैन। यहाँ आउने कामदारको पासपोर्ट पहिल्यै मालिकले कब्जामा लिन्छन् ताकि त्यो कामदार कतै जान नसकोस् । त्यसैले यस्तो काम गर्न जानुपूर्व ध्यान दिनुपर्छ । 
५. यहाँ रक्सी बेच्नको लागि मात्र होइन पिउनको लागि पनि लाइसेन्स चाहिन्छ । लाइसेन्स भएकाहरु पनि घरभित्र बसेर मात्र रक्सी पिउन पाउँछन् । रक्सी पिएर बाहिर निस्कन पाइँदैन । कामको बेला रक्सी पिएको पाइएका सिधै जेल सजाय हुन्छ । 
६. यहाँ बिहे नगरी शारीरिक सम्बन्ध राख्न पाइन्न । यस्तो पाइएमा निर्वासन, जेलदेखि मृत्युदण्डसम्म हुन सक्छ । 
७. यहाँ २ हजार दिरामभन्दा कम कमाउने मजदुरको लागि बस्ने व्यवस्था कम्पनीले नै गरिदिनुपर्छ । त्यस्ता कम्पनीमा कम्तीमा ५० जना कामदार भए यो नियम लागू गराउनुपर्छ । ५० जनाभन्दा बढी कामदार भएका कम्पनीले २ हजार दिरामभन्दा कम कमाउनेलाई बस्ने ठाउँ नदिए अदालतमा केस गर्न पाइन्छ । 
८. यहाँ पेट्रोलभन्दा पानी महंगो पर्छ । यहाँ पिउने मिठो पानी समुद्रको पानी शुद्ध गरेर उपलब्ध गराइन्छ । 
९. यहाँ मालिकले पासपोर्ड कब्जा गरेर आफूले मन लागेजति काम गराउन सक्छन् । त्यसैले रोजगारीको लागि यहाँ जानुभन्दा पहिले कामबारे राम्रोसँग बुझ्नुपर्छ । 
१०. यहाँ भनेकै काम पाइन्छ भन्ने ग्यारेन्टी नहुन सक्छ । त्यसैले यहाँ जानुभन्दा पहिले काम र सम्झौताबारेमा पक्का भएर मात्र जानुपर्छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »