अलिकति माया मलाई गरी दिए हुन्थ्यो!! (गजल)

१७ मङ्सिर २०७४

कृष्ण रिमाल

अलिकति माया मलाई  गरी दिए हुन्थ्यो!!
आँखाभरि तस्बिर मेरो भरि दिए हुन्थ्यो!!

तिम्रोमनको संसारमा फ़ुलिदिउकि  हजुर,
सुबास बनि दिल भित्रै छरी दिए हुन्थ्यो!!

झुट होइन कस्सम मान  तिमि मै हराएँ,
पानि बनि  बलेसीमा झरी दिए हुन्थ्यो!!

दुइ मुटु एकै बनाइ  जिउन मन लाग्यो,
मेरै मनको मझेरीमा सरि दिए हुन्थ्यो!!

जिन्दगीको गोरेटोमा आउने जाने धेरै,
सदासदा मेरै प्यारमा परि दिए हुन्थ्यो!!

Leave a reply

HTML Tags are not supported

Post My Comment »