पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी नेपाली संघिय समाज पार्टी प्रवेश

१८ मङ्सिर २०७४

banner

मुलूक भित्र अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन भई रहेको छ l प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मा संघिय समाज पार्टीले पनि यस ऐतिहासिक निर्वाचन मा भाग लिदै प्रदेशसभाको उम्मेदवारी खड़ा गरी रहेको छ l त्यसै गरीमुलुक भित्र निर्वाचन भई रहेको बेला मा पहिचानवादी पार्टी प्रवेश गर्ने हरु को स्वदेश देखि बिदेश सम्मा लर्को देखिन्छ l पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहनु भएका खम्ब राई नेपाली संघिय समाज पार्टी दक्षिण कोरिया मा प्रवेश गरेको छ l

नव प्रवेश गरेका खम्ब लाई अध्यक्ष महिंद्र राईले खादा लगाई पार्टीमा स्वागत गरेका छन l सपथ ग्रहण पस्चात खम्पाले नेपाल मा अहिले उत्पीडित जाती,क्षेत्र,लिङ्ग,धर्म र वर्ग को मुद्दा उठाउने यदि कुनै पार्टी भए त्यो संघिय समाज पार्टी नै भएको हुनाले आफु प्रवेश गरेको बताउनु भयो। राई खम्बुवान राष्ट्रिय मोर्चा का पुर्व केन्द्रिय सदस्य समेत रहेको जानकारी प्राप्त भएको छ l

Leave a reply

HTML Tags are not supported

Post My Comment »