अमेरिकाको कोलोराडोमा यसरी मनाइयो यःमरी पुन्ही 

१८ मङ्सिर २०७४

banner

  • नातिबाबु भट्ट 

कोलोराडो । अमेरिकाको कोलोराडोमा रहेका नेःवा समुदायले हिजो यःमरी पुन्ही मनाएका छन्। नेवा खःल कोलोराडोले आयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा अमेरिकामा रहेका नेवारी समुदायको बाक्लो उपस्थिती रहेको थियो। 

नेवाखःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली घरका  पूर्व अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठ, एनआरएन नर्वेका संस्थापक अध्यक्ष तथा प्रध्यापक बिशाल सिटौला, लायन्स क्लबका चेयर पर्शन जोशन श्रेष्ठ, वोर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साईका उपाध्यक्ष भुवन श्रेष्ठ, बल्ड डोनर्स अफ अमेरीकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, लङ्गमण्ट हिमालयज् लायन्स क्लवका अध्यक्ष प्रमोद श्रेष्ठ, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव श्याम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, आयोजक संस्थाका पदाधिकारी, पत्रकारलगायत सहभागी बनेका थिए। 

आयोजक संस्था नेःवा खलका सचिव मोहन श्रेष्ठले कार्यक्रममा सबैलाई स्वागत गरेका थिए भने श्याम श्रेष्ठले कार्यक्रमको महत्व र यसको इतिहासका बारेमा प्रष्ट पारेका थिए।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »