चार वर्षमा ४ हजार ४०० सय मेगावाट बिजुली

१९ मङ्सिर २०७४

banner

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल जडित क्षमता ९७२ मेगावाट पुगेको छ। 

प्राधिकरणले ४७७ मेगावाट जलविद्युत् उत्पादन गरिरहेको छ। त्यस्तै, प्राधिकरणले थर्मल पावर प्लान्टमार्फत ५३ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ।

निजी क्षेत्रबाट ४४१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। भारतबाट प्राधिकरणले ३११ मेगावाट विद्युत् आयात गरिरहेको विद्युत् उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले बताए।

अहिले हिउँदको मौसममा करिब १२ सय ६० मेगावाट विद्युत्को माग रहेको छ भने आगामी वर्ष थप १० प्रतिशत माग बढ्ने प्राधिकरणको प्रक्षेपण छ। त्यस्तै, आगामी ३ वर्षभित्र बिजुलीको माग बढेर १६ सय मेगावाटभन्दा माथि पुग्ने प्राधिकरणको अनुमान छ।

केही समयअघि मात्रै बुटवल पावर कम्पनी ९बिपिसी०ले पाँच वर्षभित्र १००० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ चीनका तीनवटा प्रतिष्ठित इन्भेस्टमेन्ट कम्पनीसँग लगानीको साझेदारी गरेको छ। दुई खर्बको लगानी साझेदारी गर्दै कम्पनीले यस्तो महत्वकांक्षी आयोजना निर्माणका लागि काम अगाडि बढाएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »