गर्लफ्रेण्डको फोटो आमालाई पठाउँदा यस्तो कुरा नदेखेपछि...

१९ मङ्सिर २०७४

banner

एजेन्सी। अमेरिकाका एक युवकले आफ्नी गर्लफ्रेण्डको फोटो आमालाई पठाउँदा निकै आपतमा परेका छन् । मेसन भ्यालेन्स नामका ती युवकले आमालाई एउटा फोटो पठाए । फोटोमा उनले आफ्नो हराएको टिसर्ट देखाउन चाहन्थे जो उनले भर्खरै भेटेका थिए । यो टिसर्ट उनलाई आमाले नै दिएकी थिइन् । 

फोटोमा उनको त्यो टिसर्ट उनकी गर्लफ्रेण्डले समातेकी थिइन् । तर हतारमा फोटो पठाउँदा उनले यो कुरा ख्यालै गरेनन् कि उनको टिसर्ट समातेर उनकी गर्लफ्रेण्ड बेडमा पल्टिएकी थिइन् । यतिमात्र होइन फोटोमा पछाडि देखिएका केही कुराले उनीहरुको पोल खोलिदिए । मेसनले यो फोटो ट्वीटरमा पनि शेयर गरेका थिए । पछि साथीहरुले यो फोटो देखेपछि उनलाई यसबारेमा बताए । मेसनलाई साथीहरुले भने ‘बेडको पछाडि हात बाँध्नको लागि बाँधिएका डोरीले के इशारा गरिरहेका छन् ?’ डोरीले उनीहरुको यौन जीवनका धेरै पोल खोलिदिएका थिए । यो ख्याल नगर्दा मेसन निकै संकटमा परेको उनले बताएका छन् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »