बाढीका कारण १५ जनाको मृत्यु, लाखौँ प्रभावित

१९ मङ्सिर २०७४

banner

वैङ्कक, थाइल्याण्ड। थाइल्याण्डको दक्षिणी क्षेत्रमा परेको भारी बर्षापछि आएको बाढीका कारण १५ जनाको मृत्यु भएको यहाँको विपद् रोकथाम तथा नियन्त्रण विभागले मङ्गलबार जनाएको छ। 

वाढीका कारण करिब नौ लाख मानिस अत्यन्त प्रभावित भएको विभागले जनाएको छ। विभागका महानिर्देशक चायापोल थितिसकले भने, थाइल्याण्डमा नोभेम्बर २५ देखि डिसेम्बर ४ सम्म परेको बर्षाका कारण मुलुकका ९६ लाख १२६ जना प्रभावित भएका छन् भने बाढीमा डुबेर १५ जनाको मृत्यु भएको छ। 
बाढीका कारण नौ प्रान्तका अझै चार हजार ५९० गाउँहरू डुवानमा रहेका छन् भने बाढीबाट अधिकांश गाउँहरू राज्यको सेवा तथा सम्पर्कबाट विच्छेद भएका थितिसकले बताए। सोमबारदेखि बर्षा केही कम भएको बताइएको छ। सिन्ह्वा

Leave a reply

HTML Tags are not supported

Post My Comment »