कविता: “गुहु र गोबर छुट्याएर भोट हाल”

२० मङ्सिर २०७४

banner

कोही भन्छ रुखमा हाल
कोही भन्छ सूर्यमा हाल
कोही भन्छ तराजुमा हाल
तर म भन्छु, 
६० कटेको रोगी बिरामीलाई नहाल
भ्याट छल्ने व्यापारी
र, फिरौती लिने ‘डन’ हरुलाई नहाल
जेल बसेकै भरमा
र,
भ्रष्टाचारको अभियोगमा 
चारखाल बसिसकेकाहरुलाई नहाल
राजनीति गरेरै महल ठड्याउनेहरुलाई नहाल
सत्ता स्वार्थका लागि
बेठीक भएकालाई पनि ठीक भन्नेलाई नहाल
‘गठ’ बन्धन र ‘ठग’ बन्धन छुट्याउ
भोलि पछुताउनु भन्दा बेलैमा बिवेक पुर्याउ
‘गुहु’ र ‘गोबर’ छुट्याएर मात्र हाल
तिम्रो भोट, अमूल्य भोट
नेताको लागि होईन, आफ्नो सन्ततीको लागि हाल ।


ज्योतिकुमार श्रेष्ठ 

Leave a reply

HTML Tags are not supported

Post My Comment »