मनै लोभ्याउने चम्पादेवीको प्राकृतिक सौन्दर्य (फोटोफिचर)

२० मङ्सिर २०७४

banner

शब्द, तस्वीर : धिमाल महेश

काठमाडौँ । काठमाडौंको दक्षिण-पश्चिम दिशामा अवस्थित चम्पादेवी प्राकृतिक सौन्दर्यले सम्पन्न एक पर्यटकिय स्थल हो। समुन्द्री सतहबाट लगभग २२८० मिटर उचाइमा रहेको यो डाँडा काठमाडौंको चन्द्रागिरी पछिको अग्लो डाँडा मानिन्छ। 

यो डाँडाको चुचुरोमा रहेको चम्पादेवी मन्दीरको नामले नै यो ठाउँको नाम चम्पदेवी नामाकरण गरिएको हो। दक्षिणकाली नगरपालिकामा पर्ने यो ठाउँ पर्यटकिय दृष्‍टिकोणले उत्कृष्ट मानिन्छ। 

चम्पादेवीको डाँडाँबाट काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका दृष्यहरु अवलोकन गर्न मिल्नुका साथै विभिन्न मनमोहक हिमदृष्य पनि देख्न पाइन्छ। व्यवस्थित हाइकिङ पदमार्ग र यस ठाउँबाट देखिने सुन्दर दृष्य नै यस ठाउँको आकर्षकको केन्द्र बनेको छ।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »