युएइलाई २२२ को लक्ष्य, भेषवाकर ८१ नटआउट, ज्ञानेन्द्रको पनि अर्धशतक

२० मङ्सिर २०७४

banner

काठमाडौं। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएइलाई नेपालले २२२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा २२१ रनको योगफल तयार पारेको हो । युएइमै भइरहेको खेलमा उसका विरुद्ध शरद भेषवाकरले ८१ रनको नटआउट पारी खेले । 

नेपालका लागि ज्ञानेन्द्र मल्ल ५४ रनको अर्धशतकीय पारी खेले । कप्तान पारस खड्का र सोमपाल कामीले २०÷२० रन बनाए । ओपनर दिलिप नाथले १६ रन बनाए । बसन्त रेग्मी १४ रनमा नटआउट रहे । अब केही बेरमा युएइले नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »