नेपाल युएईसँग ७ विकेटले पराजित

२० मङ्सिर २०७४

banner

काठमाडौँ। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल युएईसँग पराजित भएको छ। 
दुबईको अवुधावी खेल मैदानमा भएको खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको हो। 

२२२ रनको लक्ष्य पाएको युएईले ४५.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा २२१ रनको योगफल तयार पारेको थियो। युएईका विरुद्ध शरद भेषवाकरले ८१ रनको नटआउट पारी खेले। 

नेपालका लागि ज्ञानेन्द्र मल्ल ५४ रनको अर्धशतकीय पारी खेले। कप्तान पारस खड्का र सोमपाल कामीले २०/२० रन बनाए। ओपनर दिलिप नाथले १६ रन बनाए। बसन्त रेग्मी १४ रनमा नटआउट रहे।

जितसँगै युएई ८ अंकसहित सातौं स्थानमा उक्लेको छ। नेपालले अब युएईसँगको दोस्रो खेल शुक्रबार खेल्नेछ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »