चीन, रुस र भारतका विदेश मन्त्रीबीच भेटवार्ता हुने

२० मङ्सिर २०७४

banner

बेइजिङ। चिनियाँ विदेश मन्त्री वाङ यी चीन, रुस र भारतका विदेश मन्त्रीबीच हुने छलफलमा भाग लिने भएका छन्।

आगामी डिसेम्बर ११ मा भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको तीन देशको विदेश मन्त्रीबीचको यो १५ औँ छलफल हो। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङ्गले बुधबार सो जानकारी दिएका छन्। यस छलफलका क्रममा विदेश मन्त्रीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा विचार आदानप्रदानलगायत एक आपसमा सहयोग र सहकार्यको विषयमा वार्ता हुने बताइएको छ। सिन्ह्वा

Leave a reply

HTML Tags are not supported

Post My Comment »