राजधानीका सडकमा झिसमिसेमै कडा सुरक्षा जाँच, सडक सुनसान

२१ मङ्सिर २०७४

banner

काठमाडौं। दोस्रो चरणको मतदानका दिन आज उज्यालो नहुँदैदेखि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यसो त पछिल्ला केही दिन यता राजधानीको सुरक्षामा निकै कडाइ गरिदै आएको छ। चुनावी मिति नजिकिदै गर्दा देशव्यापी भएका वम विस्फोटका घटनाले चुनावी सरक्षामा चुनौती थपिदिएको थियो।

बिहीबार बिहानैदेखि राजधानीका सडक र मतदान केन्द्रवरपर सुरक्षाकर्मीको परिचालन बाक्लो पारिएको छ। विशेष सवारी साधनबाहेक अन्य सवारी साधनलाई निषेध गरिएको छ। फाट्फुट चलेका सवारीलाई रोकेर जाँच गरिएको छ। सवारी पास भएका सवारी चल्न दिइएको छ भने बाँकी सवारी सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेका छन्।

राजधानिका मतदानस्थलमा प्रयाप्त उज्यालो हुनेगरि बत्तीको व्यवस्था गरिएको देखियो। मतदान स्थलको नाम र मतदान हुने समय एलइडी बोर्डमा डिस्प्ले गरेको पनि देखियो।

सडकमा पैदलयात्री पातलो देखिए। अघिपछि खुल्ने पसलहरू पनि आज खुलेनन्। देशभर सात बजेबाट मतदान सुरु हुँदैछ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »