मतदान जारी, प्रहरी, सशस्त्र र सेनाको उच्च सुरक्षा

२१ मङ्सिर २०७४

banner

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रामचन्द्र पौडेल मतदान गर्दै।

काठमाडौं। प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि दोस्रो चरणको मतदान विहान ७ बजेदेखि सुरु भएको छ। राजधानी काठमउडौंका मतदान केन्द्रमा सुरक्षा निकै कडा छ। मध्यरात देखि सडकमा सवारी आवागमन ठप्प छ।

पहिलो चरणको ३२ जिल्लाको मतदान गएको मंसिर १० गते भइसकेको छ। बाँकी ४५ जिल्लामा आज मतदान हुँदैछ। राजधानी काठमाडौंसहित पहाडी र तराइका जिल्लाहरुमा आज मतदान हुनेछ।

प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि आज मतदान हुँदैछ। १५ हजार ३४४ मतदान केन्द्र तोकिएका छन्। दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिला सहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिलासहित दुई हजार ८१९ जना उम्मेदवार छन्। जम्मा चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

चुनाव हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङजा, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मतदान हुँदैछ।

आजको चुनावका लागि मताधिकार प्राप्त १ करोड २२ लाख ३५ हजार ९९३ जना मतदाता छन्। यस निर्वाचनमा सबै भन्दा धेरै मतदाता मोरङमा छन भने सबै भन्दा कम तेह्रथुममा रहेका छन्। मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता रहेका छन् भने तेह्रथुममा ६६ हजार ६६७ मतदाता छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »