चितवनको शान्तिपुरमा प्रचण्ड पहिलो मतदाता, भोट हालेपछि भने 'समृद्धिको यात्रा सुरु भयो'

२१ मङ्सिर २०७४

banner

चितवन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान केन्द्रको पहिलो मतदाताका रुपमा मतदान गरेका छन् । उनले शान्तिपुर आधारभूत प्रावि शिवनगरबाट मतदान गरेका हुन् । उनी संयुक्त वाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार पनि हुन् । 

बिहान ७ बजे मतदान गरेपछि उनले यो ऐतिहासिक निर्वाचन भएको भन्दै यसलाई उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन्। प्रचण्डले देशमा समृद्धिको यात्रामा सुरु भएको भन्दै  राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताए। शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको उनले बताए। यसैबीच उनले देशमा  अब वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि सुनाए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »