मतदान केन्द्रमा शव बोकेर भोट हाल्न पुग्दा...

२१ मङ्सिर २०७४

banner

पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । 

हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् । 

उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् भने रिब्दिकोट छहरा गापा–५ मुजुङका विष्णु काफ्लेले मुजुङको बगैँचाबाट मतदान गरेका छन् ।

पाल्पामा दुई निर्वाचन क्षेत्र छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »