मत हाल्न पुगेका मतदाताको खल्ती छाम्दा...

२१ मङ्सिर २०७४

banner

काठमाडौं । सुरक्षाकर्मीले मतदान केन्द्रमा पुगेका मतदाताको शरिर खानतलासी लिने गरेका छन्। मतदान केन्द्रमा लैजान नपाइने सामग्री बोकेका मतदाताका खल्तीबाट सुरक्षाकर्मीले ती सामग्री जफत गर्ने गरेका छन्।

राजधानीका मतदान केन्द्रमा पुग्दा केन्द्र बाहिर त्यस्ता सामग्री जफत गरेर राखिएका देखिए। चुरोट, सुर्तीजन्य पदार्थ, प्रज्वलनशील सामग्री लाइटर सलाँइ लगायत धारिला वस्तु मतदान केन्द्रमा लैजान पाइदैन। धतुजन्य सामग्री पनि मतदाताका खल्तीबाट खालि गरेर मात्र मत हाल्न प्रवेश दिइएको छ।

तस्बिरमा मतदान केन्द्रमा मतदाताका खल्तीबाट निकालिएका समाग्रीहरूः

Leave a reply

HTML Tags are not supported

Post My Comment »