मतदान पछि प्रधानमन्त्रीले भने- मैले मत हालेँ, मताधिकार प्रयोग गर्नुस्

२१ मङ्सिर २०७४

banner

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गाउँ पुगेर मतदान गरेका छन्। डडेलधुरा स्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। मतदानका लागि देउवा हेलिकप्टरबाट त्यहाँ पुगेका थिए।

मतदान पछि ट्वीटरमा तस्बिर राख्दै प्रधानमन्त्रीले लेखेका छन्- 'समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि डडेल्धुरा, गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्र पुगेर मैले आफ्नो मताधिकार प्रयोग गरेको छु । र, तपाईंहरूलाई पनि निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गर्दछु ।'

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »