प्रतिस्पर्धा प्रचण्डसँग, आशिर्वाद कांग्रेससँग

२१ मङ्सिर २०७४

banner

चितवन । उम्मेद्वार राप्रपाका हुन् तर उनले नेपाली कांग्रेस शीर्ष नेताबाट आशिर्वाद लिएर मतदान गरेको प्रतिकृया दिएका छन्। वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले नेपाली काँग्रेसका सभापतिसहितका शीर्ष नेताको टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताए। 

भरतपुर महानगरपालिका–२७ स्थिर जानकी उच्च मावि मतदान केन्द्रबाट मतदानपछि आज प्रतिक्रिया दिँदै उनले आफू यस क्षेत्रबाट नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार भएकाले काँग्रेस नेताको आशीर्वाद लिएर मतदान गरेको बताए। 

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पाण्डे राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष हुन्। उनले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालासँग टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताए। 

उनले राप्रपा, काँग्रेससँगै नेकपा (एमाले) र माओवादीकै मत पनि आफूलाई आउने दाबी गरे।

उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँग प्रतिस्पर्धामा छन्। मन्त्री पाण्डेले आजको यो क्षण ऐतिहासिक भएको भन्दै आम जनतालाई आफ्नो अधिकार निर्धक्क भएर प्रयोग गर्न आग्रह गरे। उनले कसैको लोभलालचमा नपरी आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न पनि आह्वान गरे। 

आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्दै उहाँले घोषणाको प्रक्रिया मात्रै बाँकी रहेको बताए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »