भक्तपुरको बालकोटमा कांग्रेस-एमाले ढुंगा हानाहान, मतदाता भागाभाग

२१ मङ्सिर २०७४

banner

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटको गणेश निमावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि झडप भएको छ । झडप भएपछि मतदाला भागाभाग भएका थिए । पछि कडा सुरक्षामा मतदान जारी राखिएको छ । झडपले पूरै क्षेत्र तनावपूर्ण छ ।

दुवै पार्टीले एक अर्कालाई बुथ कब्जा गरेको आरोप लगाउँदै एक अर्कामाथि आक्रमण गरेका हुन् । कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान र भागाभाग भएपछि रोज भिलेज वस्ती तनावपूर्ण भएको छ । ढुंगा हानाहानका कारण त्यहाँका केही घरका सिसा पनि फुटेका छन् । मतदानस्थलमा भने सुरक्षाको व्यवस्था गरेर मतदान जारी राखिएको डिएसपी कृष्ण प्रसाईले जानकारी दिए । 

सार्वजनिक कार्यक्रममा दिपिकाको कपडाले ठाउँ छोडेपछि...

Leave a reply

HTML Tags are not supported

Post My Comment »