ठूला नेताकै ठाउँमा आतंक: देउवाको क्षेत्रमा बम पड्कियो, ओलीको क्षेत्रमा ढुंगा हानाहान

२१ मङ्सिर २०७४

banner

काठमाडौं। दुई ठूला पार्टीका शीर्ष नेताको क्षेत्रमा झडप र आतंक फैलिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुराको परशुराम नगरपालिकामा बम पड्किएको छ । यहाँ ३ वटा बम भेटिएकोमा एउटा पड्किएको छ । दुईवटा बम भने सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । 

उता एमाले अयक्ष केपी ओलीले मतदान गर्ने ठाउँ भक्तपुरको बालकोटमा कांग्रेस एमाले कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटको गणेश निमावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि झडप भएको छ । कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान र भागाभाग भएपछि रोज भिलेज वस्ती तनावपूर्ण भएको छ । झडप भएपछि मतदाता भागाभाग भएका थिए । पछि कडा सुरक्षामा मतदान जारी राखिएको छ । झडपले पूरै क्षेत्र तनावपूर्ण छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »