मतदान गरेर घर नपुग्दै वृद्धको बाटोमा ज्यान गयो

२१ मङ्सिर २०७४

banner

पाल्पा । पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए। 

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेका थिए। मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »