राष्ट्रपति कार्यालयमा यौन शक्ति बढाउने 'भियाग्रा' चक्कीको थुप्रो भेटिएपछि...

२१ मङ्सिर २०७४

banner

राष्ट्रपति कार्यालयमा यौन शक्ति बढाउने 'भियाग्रा' चक्कीको थुप्रो भेटिएपछि हंगामा भएको छ । यसले पहिलेदेखि नै विवादमा परेकी राष्ट्रपति झनै विवादमा परेकी छिन् । लगातार विवादमा तानिएकी दक्षिण कोरीयाकी राष्ट्रपति पार्क गुईनको कार्यलयमा यौन शक्ति बढाउने औषधी भियग्रा ठूलो परिणाममा भेटिएको हो । यसले अन्तर्राष्ट्रिय जगतमा पनि हंगामा मच्चिएको छ।

महिला राष्ट्रपतिको कार्यलयमा ४ सय चक्की पुरुषलाई कामोत्तेजक बनाउने औषधी भेटिए पछि त्यसको समेत आलोचना भएको छ। राष्ट्रपतिको गाडी मार्फत यो औषधी कार्यलयमा ल्याईएको थियो। राष्ट्रपति कार्यलयका प्रवक्ताले विज्ञप्ति जारी गरी अफ्रीकाको भ्रमणका क्रममा अग्लो ठाउमा जानु पर्ने भएकाले यो औषधी खरीद भएको तर प्रयोगमा आएको थिएन भनेका छन् । राष्ट्रपतिमाथि पुराना केटासाथीले निर्णयमा प्रभाव पार्ने गरेको आरोप लागिरहेका बेला यो प्रमाण फेला परेको हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »