गगन र राजनको निर्वाचन क्षेत्रमा ट्रक भित्र भोजन, उम्मेद्वारकै गुहार !

२१ मङ्सिर २०७४

banner

काठमाडौं। नेपाली कांग्रेसका उम्मेद्वार गगन थापा र एमाले उम्मेद्वार राजन भट्टराईसँग प्रतिस्पर्धामा उत्रिएकी विवेकशील साझा पार्टीकी उम्मेद्वार सुवुना वस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा मतदान केन्द्र नजिकै भोज चलिरहेको बताएकी छन्।

हात्तीगौँडा मन्दिरको बुथबाट करीब १५० मी दुरीमा ट्रकमा भोजन सामग्री राखिएको उनको दावी छ। उनले आफ्नो ट्वीटरमा ट्रक भित्र भोजन सामग्री रखिएको तस्बिर प्रमाण भन्दै निर्वाचन आचारसंहिता उल्लंघन गरिएकोमा आपत्ति जनाएकी छन्।

निर्वाचन स्वयंसेवकको ब्याजमा प्रस्टै दल विषेशको प्रचार सामग्री रहेको पनि उनले लेखेकि छन्। सानालाई ऐन र ठूलालाई चैन रहेको भन्दै उनले सम्बन्धित पक्षको ध्यानाकर्षण गरेकी छन्।

उनले कुन दलको भोजन भन्ने खुलाएकी छैनन्। निर्वाचन आयोगका आयुक्त र पत्रिकाका सम्पादकलाई सुवुनाले ट्वीटरमा मेन्सन गरेर गुहारेकी छन्।

सुवुना प्रतिनिधिसभामा प्रत्यक्ष तर्फकी उम्मेद्वार हुन्।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »