नेता, मतदान र परिवार सदस्यसँग पोज

२१ मङ्सिर २०७४

banner

काठमाडौं। मतदान गरेलगत्तै राप्रपा अध्यक्ष कमल थापाले गरेको एउटा ट्वीट चर्चामा छ । उनले मतदान गरेलगत्तै आफू मतदान गर्न जाने बेलाका तस्वीर राखेर ट्वीट गरेका थिए । यो ट्वीटमा लेखिएको कुरा कांग्रेस नेता गगन थापाले केही मतदान गर्न जानुअघि लेखेको ट्वीटसँग मिल्दोजुल्दो भएपछि कमल थापाले गगन थापालाई काउण्टर दिएको चर्चा चलेको छ ।

कमल थापाले आफ्नो पारिवारिक फोटो पोस्ट गर्दै ट्वीटमा'मतदान गर्न जाँदा मैले नातिनी सुभाली थापालाई पनि संगै लगें। मेरो मत मेरो नातिनी पुस्ताको उज्वल भविष्यका लागि समर्पित गर्दछु।सबैको जयहोस्' लेखेका छन् । यसअघि गगनले पनि यस्तै ट्वीट गरेका थिए । गगनले ट्वीटमा 'मेरो राजनीतिक संकल्प भनेको हाम्रा छोरीहरुको पुस्तालाई सुखी र सम्पन्न नेपाल हस्तान्तरण गर्नु हो। म मेरो भोट उनीहरू प्रति समर्पित गर्न चाहन्छु। आज भोट हाल्न जानु पुर्व छोरीहरुको शुभकामना लिंदै:' भनेर लेखेका थिए । 

कमल थापाको ट्वीट

गगन थापाको ट्वीट

Leave a reply

HTML Tags are not supported

Post My Comment »