गगन थापालाई बम प्रहार गर्ने ६ जना हतियारसहित पक्राउ 

२१ मङ्सिर २०७४

banner

काठमाडौं। प्रहरीले कांग्रेस नेता गगन थापा लगायत अन्य उम्मेदवारलक्षित बम विष्फोट गराउने नेकपाका ६ जना कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको छ । प्रहरीले चुनावकै दिन काँग्रेस नेता गगन थापालाई बम आक्रमण गरेको आरोपमा ६ जनालाई हतियार सहित पक्राउ गरेको हो । बिहीबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । 
नेकपाका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । चिनियाँ पेस्तोलसहित उनीहरुलाई पक्राउ गरिएको हो । गत सोमबार काठमाडौंको चपलीमा थापामाथि आक्रमण भएको थियो । सोही आक्रमणमा गम्भीर घाईते भएका दुई जनाको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »