सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरमा गरे मतदान

२१ मङ्सिर २०७४

banner

सप्तरी। सप्तरी क्षेत्र नं २ का उम्मेदवार रहेका संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गरेका छन्। सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले उनी मतदान गर्न विराटनगर पुगेकाे बताए। 

उनले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदानपश्चात् उनले मधेशीको हक र अधिकारका लागि मधेशी गठबनधन भएकाले मधेशी जनताले गठबन्धनलाई नै विजयी गराउनुपर्ने बताए। उनले मधेशीको अधिकारको विकल्पमा मधेशी गठबन्धन नै रहेकाले तराई २२ जिल्लालाई नै मधेश प्रदेश बनाउने दाबी गरे। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »