निर्वाचनले रित्तिएको सडक उपयोग गर्ने गजब काइदा (फोटोफिचर)

२१ मङ्सिर २०७४

banner

काठमाडौँ। दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जारी छ। निर्वाचनकै लागि देशभर अतिआवश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन संचालनमा रोक लगाइएको छ।

अरु बेला सवारी चापले भरिने राजधानीका सडक आज भने खाली देखिएका छन्। खुला सडकको मौका छोप्दै सर्वसाधारणहरु पनि दिन काट्न बीच सडकमै हिँड्डुलमा व्यस्त देखिन्छन्। बालबालिकाहरु कोही साइकल कुदाउन त कोही ब्याडमिन्टन खेल्न व्यस्त देखिन्थे।

उता युवाहरु हातमा मोबाइल तथा क्यामेरा लिएर सडकको बीच भागमै बसेर फोटो खिचाइरहेका थिए। सडकमा सेल्फी लिनेको पनि कमी थिएन। कोहीले त कारबाटै ओर्लिएर कारसँग सेल्फि लिन समेत भ्याए।

तस्बिरः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »