मतदान गरेपछि केपी ओलीले भने ‘चुनाव नगराउने देउवाका सबै प्रयास विफल भए’

२१ मङ्सिर २०७४

banner

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका २ को महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि उनले अब देश समृद्धिको बाटोमा अघि बढ्ने बताए । उनले संविधानले परिकल्पना गरेको समृद्धिका लागि आवश्यक सबै संरचना अब तयार हुने र त्यसपछि विकासको बाटोमा अघि बढ्ने बताए । 

प्धानमन्त्री देउवाले ‘अझै पनि ओलीजीले निर्वाचन नगर्ने षड्यन्त्र हुँदैछ भन्नुहोला’ भनेको विषयमा ओलीले भने ‘देउवाले निर्वाचन सार्ने प्रयास गर्नुभएको हो तर उहाँका सबै प्रयास विफल भए ।’ उनले ३ चरणमा स्थानीय निर्वाचन गर्ने, मतपत्र छाप्त थोरै समय राख्ने, यही विषय अदालतमा लैजाने काम निर्वाचन सार्ने प्रयास भएको उल्लेख गरे । ओलीले एमाले एक्लैले सामान्य बहुमत ल्याउने र गठबन्धन भएपछि दुई तिहाइ बहुमत आउने टिप्पणी गरे ।  
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »